बैंकहरुले मानसिक यातना दिएको भन्दै सुर्खेतका व्यवसायीद्वारा बजार बन्द

सुर्खेत - सुर्खेतका व्यवसायीहरुले बैंकहरुले मनपरी तरिकाले बैंकको ब्याज बढाएको भन्दै व बजार बन्द गरेका छन्। बैंकको मनपरीतन्त्रले निजी क्षेत्र धरासायी बन्दै गएको उनीहरुको भनाई छ। 

निजी क्षेत्रले बजार बन्द गर्ने निर्णयसँगै शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगर सुनसान छ। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैंकले ऋण लगानीको ब्याज महिनै पिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको बताए।

साथै उनले ब्याज किस्ताका लागि तारन्तार मानसिक दवाव दिने कार्यक्रम सिंगो निज क्षेत्र नै हतोत्साही भएको बताए। संयुक्त व्यवसायी संघर्ष समितिले बैंकविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन्। 

सोही अनुसार शुक्रबार बैंकहरुले जबरजस्ती रुपमा बढाएको ब्याज दर र ब्याज किस्ताका लागि दिएको मानसिक यातनाका विरुद्ध सुर्खेत बन्द गरेका छन्। 

यस्तै असोज महिनाभित्र मसान्तभित्र बैंकहरुलाई बुझाउनुपर्ने भनिएको त्रैमासिक आय किस्ता वापतको रकम नर्तिन सम्पुर्ण, व्यापारी, व्यवसायी एवं सर्वसाधारण सेवाग्राही समेतलाई अपिल गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×