प्रदेश १ को प्रदेश सभा बैठक आज

काठमाडौँ - प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज  बस्ने भएको छ। पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। 

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन्। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ।

त्यस्तै प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×