पवनदीप र अरुणिताको स्वरमा ‘घाम झैँ बलेकी’ सार्वजनिक

काठमाडौँ - इन्डियन आइडल १२ का विजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन तथा इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुणिता कान्जीलालको स्वरमा रेकर्ड भएको एउटा नेपाली गीत सार्वजनिक भएको छ।

गीतकार एसपी सापकोटाको शब्द रचना तथा शिखर सन्तोष सन्तोषको संगीत निर्देशनको यूगल गीत ‘घाम झैँ बलेकी’ बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको हो।

पवनदीपको स्वरको यो पहिलो नेपाली गीत हो। पवनदीपले पहिलोपटक नेपाली गीत गाउन पाउँदा खुशी व्यक्त गरेका छन्। उनले गीतकार एसपी सापकोटाको शब्द मन परेकोले यो गीत गाएको बताएका छन्।

‘म बाल्यकालदेखि नै नेपाली गीत सुन्दै हुर्केको हुँ। अहिले यति राम्रो नेपाली गीत गाउन पाउँदा खुशी छु। नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो कि, मलाई सुन्दर पहाडको झल्को याद आयो, उनले भनेका छन्।

उदयराज पौडेलको संगीत संयोजनमा बलिउडका संगीतकर्मी कैलाश खेरको कैलाश स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो। मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले यो गीत रेकर्ड गरेका हुन्।

गीतको भिडियो नेपाली फिल्मका छायांकार सुदिप बरालले निर्देशन गरेका छन्। बरालकै छायांकनमा तयार भएको भिडियो गीतअनुसार आकर्षक बनेको छ। गीतको भिडियो पोखरा र आसपासका मनोरम दृष्य समेट्दै छायांकन गरिएको छ।

भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रूकी कलाकार आश्मा बिश्वकर्माले अभिनय र नृत्य गरेका छन्। भिडियोमा कोरियोग्राफी मौसम हिमाली र सम्पादन सम्पादक प्रबिण भट्टको रहेको छ। गीतको भिडियो कर्म एसपी सापकोटा युट्युब च्यानलमाबाट सार्वजनिक गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×