पोखरा उडेको जहाजको ढोका आकाशमै खुल्यो

काठमाडौँ । काठमाडौँबाट पोखारा उडेको गुण एयरलाइन्सको विमानको ढोका आकाशमै खुलेको छ । आज बिहान उडेको विमानको ढोका आकाशमै खुलेपछि उक्त विमान तत्काल काठमाडौँ फर्काइएको हो ।

विमानमा प्राविधिक गडबडी देखिएपछि तत्काल काठमाडौँ विमानस्थलमा अवतरण गराइएको थियो । एयरलाइन्सका अनुसार उडेको पाँच मिनेटमा नै ढोका खुलेको जानकारी पाउनासाथ वमानलाई काठमाडौँ विमान स्थल फिर्ता गरिएको थियो । एयरलाइन्सले यस घटनालाई विमानको सामान्य समस्या रहेको बताएको छ ।

उक्त विमानका यात्रुलाई गुणको अर्को विमानमा राखेर गन्तव्यमा पठाइ सकिएको छ । ढोका खुलेको विमानको अहिले चेकजाँच भइ रहेको एयरलाइन्सले जानकारी दिएको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×