बंगलादेशले भारतलाई १ विकेटले हरायाे

काठमाडौँ - भारतसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा बंगलादेश विजयी भएकाे छ। ढाकामा भएकाे राेमाञ्चक खेलमा बंगलादेशले भारतलाई एक विकेटले हराएको हो।

भारतले दिएकाे १ सय ८७ रनकाे लक्ष्य बंगलादेशले ४६ ओभरमा ९ विकेट गुमाएर भेटायाे। बंगलादेशका लागि लिटन दासले ४४, मेहदी हसनले नटआउट ३८ रन बनाएका थिए। बलिङतर्फ भारतका माेहमम्द सिराजले ३ तथा कुलदीप सेन र वाशिङ्टन सुन्दरले २/२ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे भारत ४१ ओभर २ बलमा १ सय ८६ रन बनाउँदा अलआउट भयाे। भारतका लागि केएल राहुलले ७३ रन बनाएका थिए। बलिङतर्फ बंगलादेशका शाकिब अल हसनले ५ र इबादत हाेसैनले ४ विकेट लिएका थिए।

बंगलादेशले ७ वर्षपछि भारतलाई एकदिवसीय क्रिकेटमा हराएकाे हाे। यसअघि सन् २०१५ मा बंगलादेशले भारताई एकदिवसीय क्रिकेटमा हराएकाे थियाे। बंगलादेशले ३ खेलकाे शृङ्खलामा १-० काे अग्रता लिएकाे छ। यी २ टाेलीले २दखेलकाे टेस्ट क्रिकेट पनि खेल्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×