गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

काठमाडौँ - बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ। मंगलबार राति बैतडीकाे पाटन नगरपालिका- ८ हरिचनका सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो।

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको बताइएको छ।

ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन। गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ।

मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदासम्म गाडी चल्न नदिने बताएका छन्। प्रहरी हवल्दारकाे शव बीच सडकमै रहेको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×