अफगानिस्तानको नान्गाहारमा सडक दुर्घटनामा परी आठ जनाको मृत्यु

एजेन्सी - अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको  सिन्ह्वाले प्रान्तीय ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख जावाद शिरजादलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ।

सोमबार साँझ प्रान्तीय राजधानी जलालाबाद शहरको प्रहरी जिल्ला ६ को चक्रपथमा दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको शिरजादले सिन्ह्वालाई बताएका छन्।

मृत्यु हुनेमा कार चालकसहित चार महिला, एक बालक र तीन पुरुष रहेको अधिकारीले जानकारी दिए।

सिन्ह्वाका अनुसार पहाडी खण्डमा सडक दुर्घटनाहरू बारम्बार हुने गर्दछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×