आईसीसी वरीयतामा कुशल र दीपेन्द्रकाे सुधार

काठमाडौँ - आईसीसी टी-२० ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको एक स्थान सुधार भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अद्यावधिक गरेको टी-२० को नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो। नयाँ वरीयतामा कुशल ५१ औँ र दीपेन्द्र ५८ औँ स्थानमा रहेका छन्।

यस्तै टी-२० काे बलिङतर्फ सन्दीप लामिछाने एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन्।

ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा रहेका छन्। बलिङमा जोस हेजलउड र अलराउन्डरमा शकिब अल हसन शीर्ष स्थानमा रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×