हाम्रो पात्रो रेमिट र कनेक्ट आईपीएसबीच सम्झौता

काठमाडौँ - हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको छ। हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट नेपाल पैसा पठाउने सुविधा रहेको छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको हो। 

यसले लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैंक खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउने कम्पनीले जनाएको छ। हाम्रो पात्रो रेमिटकी निमित्त सीईओ सुदिना गौतम र एनसीएचएलका सीईओ निलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×