माने `अफ्रिकन फुटबलर अफ द इयर´ घोषित

काठमाडौँ - सेनेगलका फरवार्ड सादियो मानेले `अफ्रिकन फुटबलर अफ द इयर´ अवार्ड प्राप्त गरेका छन्। कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले बिहीबार राति मानेलाई `अफ्रिकन फुटबलर अफ द इयर´अवार्ड प्रदान गरेको हो।

मोरक्कोको राजधानीमा आयोजित विशेष कार्यक्रममा मानेलाई अवार्ड प्रदान गरिएको छ। 'याे अवार्डबाट सम्मानित हुन पाउदा ज्यादै नै खुसी लागेको छ,' अवार्ड पाएपछि मानेले भने, 'म सेनेगलका जनतालाई धन्यवाद दिँदै यो ट्रफी युवा र देशलाई डेडिकेट गर्न चाहन्छु।'

३० वर्षीय मानेले सेनेगलकै गोलकिपर एड्वार्ड मेन्डी र इजिप्टका फरवार्ड मोहम्मद सलाहलाई पछि पार्दै दोस्रोपटक याे अवार्ड जितेका हुन्। यसअघि उनले २०१९ मा याे अवार्ड जितेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×