लिग चरणको अन्तिम खेलमा पनि मुम्बई पराजित

काठमाडौँ। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियनलाई पराजित गरेको छ। 

शुक्रबार राति सम्पन्न खेलमा लखनउ १८ रनले विजयी भएको हो। लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन मात्रै बनाउन सक्यो।

१४ खेलमा ७ जित हात पारेको लखनउले १४ अंकसहित छैटौँ स्थानमा रहँदै यस सिजन अन्त्य गर्‍यो। मुम्बई ८ अंकसहित पुछारमा रह्यो।

मुम्बईका रोहित शर्माले सर्वाधिक ६८ रन बनाए। यस्तै, नमन धीर ६२ रनमा अविजित रहे। लखनउका नवीन उल हक र रवि बिश्नोईले २/२ विकेट लिए। 

त्यसअघि पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१४ रन बनाएको थियो। 

लखनउका निकोलस पूरनले सर्वाधिक ७५ रन बनाए। कप्तान केएएल राहुलले ५५ रन बनाउँदा आयुष बदोनी २२ रनमा अविजित रहे। मुम्बईका नुवान तुषारा र पीयूष चावलाले ३/३ विकेट लिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×