कैलाश हेलिकप्टर सर्भिसेस्ले सर्वसाधारणमा शेयर जारी गर्ने

काठमाडौं - कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात एक सय रुपैंयाँ अंकित दरको तीन करोड ५० लाख रुपैंयाँ बराबरको तीन लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

बुधबार आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । तीन करोड ५० लाख शेयर पूँजी बराबरको एक सय अंकित दरको तीन लाख ५० हजार कित्ता साधारण शेयर प्रचलित कानूनको अधिनमा रही सर्वसाधारणहरुलाई प्रिमियम मुल्यमा जारी गर्ने कम्पनीले जनाएको छ । 

सन् २०१८ मार्च २३ बाट संचालनमा आएको यस कम्पनीले एयर बस कम्पनी फ्रान्सद्धारा निर्मित ए.एस ३५० को तीन वटा हेलिकप्टर मार्फत उच्चस्तरिय विविध सुविधा प्रदान गर्दै आएको छ ।संचालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ माहामारीको समय आ.व.०७६÷२०७७  बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको छ । 

कम्पनीले आ.व.२०७९÷२०८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई पाँच प्रतिशत बोनश शेयर र १० प्रतिशतका दरले नगद लाभांस वितरण गरेको छ। उक्त बोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रुपैंयाँ रहेको छ । यस कम्पनीको बोनश वितरण पश्चात किताबी मुल्य एक सय ४६ रुपैंयाँ २९ पैसा कायम रहेको कम्पनीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल संचालित हेलिकप्टर कम्पनीहरुले पाँच वर्ष भित्र पाँच थान हेलिकप्टर पुरयाउनु पर्ने भनी जारी गरिएको नितिलाई अनुसरण गर्दै पूँजी बृद्घि गरी सुरक्षा नितिको पूर्ण पालना गरी सन् २०२५ मा एक थान र सन् २०२७ मा एक थान गरी थप दुई थान हेलिकप्टर सन् २०२७ सम्ममाथप गरी कुल पाँच वटा हेलिकप्टर संचालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×