काठमाडौं। त्रिभुवन विश्वविद्यालयले गर्न लागेको त्रिवि सभा बैठक स्थगित गरेको छ । राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित भएको हो।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले असार ३१ गतेका लागि त्रिवि सभा बोलाएको थियो । तर सरकार परिवर्तनपछि त्रिवि कुलपति एवम् सभा अध्यक्ष नभएकोले सभा स्थगित गर्नुपरेको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भीमबहादुर श्रेष्ठले एक सूचना जारी गर्दै जानकारी दिए ।