टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाली इनिङ संकटमा परेको छ। नेपालले ५.४ ओभरमा २४ रन जोड्दा ४ विकेट गुमाएको छ।
नेपालका लागि आसिफ शेख सर्वाधिक १७ रन बनाएर आउट हुँदा कमजोर स्कोरमै आउट भए। कुशल भुर्तेल ४ रनमा आउट हुँदा अनिल साहा शुन्य रनमा पेभिलियन फर्किए। त्यस्तै कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए। अहिले क्रिजमा सन्दीप जोरा र कुशल मल्ल रहेका छन्।
बंगलादेशका लागि तान्जिम हसन सकिबले ३ विकेट लिंदा मुस्ताफिजुर रहमानले १ विकेट लिए। त्यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले बंगलादेशका कुनैपनि ब्याटरलाई खुलेर खेल्न दिएन। नेपाली बलरसामु निरीह देखिएको बंगलादेशको ब्याटिङ इनिङ ४ बल अगाडिनै अलआउट हुँदै १ सय ६ रनमा समेटियो।
बंगलादेशका लागि सकिब अल हसनले १७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक महमदुल्लाह र ऋसद होसेइनले समान १३-१३ रन बनाए। थप दोहोरो स्कोरका रुपमा लिटन दासले १० र तस्किन अहमेदको १२ रन रह्यो। बंगलादेशलाई सस्तैमा पेभिलियन फर्काउने क्रममा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिएका थिए।