काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बीमा र धितोपत्र बोर्डले नेपालको अर्थतन्त्रमा टेवा पुर्याएको बताएकी छन् ।
सोमबार बीमा समितिको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले अर्थतन्त्र सुधारमा यी दुई क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, 'हामीले पहिलेदेखि भन्दै आएको विषय हो नियमनकारी निकायको कामका लागि सबैभन्दा पहिले घर, सुरक्षा र अनुगमनका लागि जडित संयन्त्र चाहिन्छ। संयोगले अहिले त्यो बन्ने भएको छ ।'
मन्त्री झाँक्रीले भनिन्, 'हामीले सुविधासम्पन्न र गुणस्तरयुक्त भवन निर्माण गर्ने प्रतिबद्धता गरेका छौं, त्यो पूरा हुन्छ।'
उहाँले नियमनकारी निकायले राम्रो वातावरणमा काम गर्न पाए मात्रै सोचेको नतिजा प्राप्त हुने भन्दै समयमै भवन निर्माणको काम पूरा गर्न पनि निर्देशन दिएकी छन् ।