विश्व कविता दिवसमा कविगोष्ठी

काठमाडौँ - विश्व कविता दिवस (मार्च २१) का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कविगोष्ठीको आयोजना गरिएको छ। 

कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले कविताको सामर्थ्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो दिनको महत्व रहेको बताए। कविता सुनेपछि सबैमा नयाँ ऊर्जा सञ्चारित हुने र कविता लेखनमा नयाँ पुस्ता प्रेरित हुने उनको भनाइ छ। प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचार–प्रसार गर्ने दिनका रूपमा विश्व कविता दिवस रहेको विचार व्यक्त गरे। सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३०औं महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको र नेपालमा सन् २००२ देखि यो दिवस मनाउन थालिएको हो।

गोष्ठीका सभाध्यक्ष प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले आफू काव्य विभागको जिम्मेवारीमा आएपछि कविता र काव्यका क्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले थप उचाइ प्राप्त गरेको उल्लेख गरे। कार्यक्रममा ३१ जना कविहरूले कविता वाचन गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×