रिड नेपालको आयोजना र शिक्षा शाखा लिखुपिकेको सहकार्यमा शिक्षकलाई तालिम

सोलुखुम्बु । रिड नेपालको आयोजना तथा शिक्षा शाखा लिखुपिके गाउँपालिकाको सहकार्यमा शिक्षकलाई ५ दिने एकीकृत पाठ्यक्रम सिकाई सहजिकरण आधारभुत तह तालिम आजबाट लिखुपिके गाउँपालिकाको हिमगंगा माविमा शुरु भएको छ ।

तालिममा लिखुपिके गाउँपालिका भित्र रहेका २२ वटा विद्यालयका ४६ जना शिक्षक शिक्षिकाहरु सहभागी भएको रिड नेपाल लिखुपिके गाउँपालिका शिक्षा बिकास संयोजक तिर्थ राज ढुङगानाले बताए ।

‘गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई शिक्षण विधि, पाठ्यक्रम लगायतका विषयमा तालिम दिइने रिड नेपाल सोलुखुम्बुका प्रशिक्षक बिष्णु उपाध्यायले बताए ।

तालिम आजबाट पौष २९ गतेसम्म सञ्चालन हुँने रिड नेपालले जानकारी दिएको छ । तालिमको सहजीकरण जनकराज जोसी, सुजता राई, तिर्थराज ढुङ्गाना र बिष्णु उपाद्य्याले गरिरहेका छन् ।

यसअघि कोरोना भाइरसको महामारीका कारण विद्यालय बन्द भएको बेला पनि सोलुखुम्बुमा वैकल्पिक शिक्षण सिकाइअन्तर्गत रेडियोबाट सिकाइलाई निरन्तरता दिइएको थियो । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले सोलुखुम्बुका स्थानीय तहका विद्यार्थीका लागि रेडियो कक्षा समेत सञ्चालन पनि गरेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×