सुर्खेत - प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन्। जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन्।
सुर्खेत र दैलेखमा ४/४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २/२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन्। सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०/१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
यस्तै डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८, जाजरकोट ७ जना उम्मेदवार रहेका छन्। यस्तै प्रदेश सभा सदस्य पदका लागि १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगको अन्तिम नामावलीमा प्रकाशित तथ्यांकमा उल्लेख छ।