काठमाडौँ - गायक रामकृष्ण ढकालको ‘फुटेको छु सिसा जस्तै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
रामकृष्णको स्वर रहेको गीतमा शतीस चापागाईंको शब्दरचना रहेको छ। गीतमा राजनराज शिवाकोटीले संगीत भरेको छन्। प्रेम वियोगमा एक्लो भएको प्रेमीको छटपटी गीतका शब्दमा उल्लेख गरिएको छ।
डीजे राजु सिंहले निर्देशन गरेको भिडियोमा गायक रामकृष्ण ढकालनै फिचर्ड रहेका छन्।