कम्बोडिया, उज्वेकिस्तान र आइभोरी कोस्टलाई आइसिसीको सदस्यता

काठमाडौँ - विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले तीन नयाँ देशलाई सदस्यता दिएको छ।

इंग्ल्याण्डमा भएको आइसिसीको वार्षिक साधारणसभाका क्रममा एसियाका कम्बोडिया र उज्वेकिस्तान तथा अफ्रिकाको आइभोरी कोस्टलाई सदस्यता प्रदान गरिएको हो।

योसँगै आइसिसीको सदस्यता प्राप्त गर्ने देशको संख्या १०८ पुगेको छ। त्यसमध्ये ९६ एसोसिएट सदस्य हुन्। एसियाबाट २५ तथा अफ्रिकाबाट २१ देशले सदस्यता प्राप्त गरेका छन्।

घरेलु संरचना तथा प्रतियोगिताको आधारमा आइसिसीको सदस्यता प्रदान गर्ने गर्छ। त्यसमा ५० ओभर र २० ओभरको खेल आयोजना गर्ने पूर्वाधारका साथै युवा तथा महिला क्रिकेटको संरचना विकासको अवधारणा हुनुपर्छ।

यस्तै, क्रिकेट गतिविधि सुरक्षित तरिकाले नफर्केसम्म युक्रेनले सदस्यताका लागि दिएको आवेदन भने स्थगित गरिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×