आज मध्यरातिदेखि भारत र चीनसँगको सीमानाका बन्द हुने

काठमाडौँ - आमनिर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो।

बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ। अत्यावस्यक अवस्थाबाहेकमा आवतजावत बन्द हुनेछ। नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन्। तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जानकारी दिएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×