आजको सेयर अपडेट

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ।

आज मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ अंकमा झरेको छ। अघिल्लो दिन सूचक २१.५१ अंकले घटेको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको छ। सोमबार चार अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आज ३ अर्ब ८ करोड ९० लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज कारोबारमा आएका २२५ कम्पनीका ६४ लाख  ४७ हजार ४४९  कित्ता सेयर किनबेच भएका छन्। यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक बढेको छ। आज यो परिसूचक ०.१८ अंकले बढेर ४९५.६३ विन्दुमा पुगेको छ। मंगलबार कारोबारमा आएका दुई कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ। न्यादी जलविद्युत् कम्पनी र सामलिङ पावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको हो। आज १३ मध्ये ६ उपसमूह बाहेक बाँकी सबै उपसमूहको सूचक घटेको छ। आज उत्पादन तथा प्रसोधन समूहका लगानकर्ताले सबै भन्दा धेरै गुमाएका छन्। यस समूहका लगानीकर्ताले आज ०.८४ प्रतिशतले आफ्नो सेयर मूल्य गुमाएका छन्।

यस्तै, यस दिन सबै भन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले कमाएका छन्। यस समूहको सेयर मूल्य यस दिन ०.८३ बढेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×