अवैध उत्खननमा प्रयोग भएका ४ ट्रयाक्टर प्रहरी नियन्त्रण

मोरङ - अवैध उत्खननमा प्रयोग भएका ४ ट्रयाक्टरलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ। 

सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुधबार मोरङको लेटाङ नगरपालिका वडा नं.-३ चिसाङ खोलामा अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले ति ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो। 

प्रदेश नं. २-०३-०० त २११६, को २ त ४३११, को २ त ७०२३ र को ३ त ७३१ नम्बरको ट्रयाक्टरहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×