शुक्ला साहित्य सङ्गम तनहुँद्वारा चार स्रष्टा सम्मानित

काठमाडौँ - शुक्ला साहित्य सङ्गम तनहुँले विभिन्न विधामा चार स्रष्टालाई सम्मान गरेको छ। 

तनहुँको शुक्लागण्डकीस्थित दुलेगौडामा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरिएको हो। शुक्ला विशिष्ट सम्मानबाट कास्कीका साहित्यकार एवं प्राज्ञ रमेश श्रेष्ठ पुरस्कृत भएका छन्। उनलाई नगद रु. १५ हजारसँगै सम्मानपत्रले पुरस्कृत गरिएको छ। शुक्ला पुरस्कारबाट झापाका साहित्यकार जनार्दन दाहाललाई पुरस्कृत गरिएको छ। उक्त सम्मानको राशि रु. १० हजार रहेको छ। 

शुक्ला प्रतिभा पुरस्कार तनहुँका साहित्यकार अनिल श्रेष्ठ र र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कार तनहुँका अनुप लामिछानेलाई प्रदान गरिएको छ। शुक्ला प्रतिभा पुरस्कारको राशि रु. पाँच हजार र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कारको राशि रु. दुई हजार ५०० छ। स्रष्टाहरुलाई वरिष्ठ साहित्यकार एवं प्राज्ञ सरुभक्त श्रेष्ठ, शुक्ला साहित्य सङ्गमका कार्यवाहक अध्यक्ष रामशरण गैरे र सङ्गमका संरक्षक शेषमणि आचार्यले सम्मान गरेका हुन्।

संस्थाले नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई सम्मान गर्दै आइरहेको पूर्वअध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए। सङ्गमले हरेक दुई वर्षका अवधिमा यो पुरस्कार प्रदान गर्दै आएको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×