फ्रेण्डस् र बी एण्ड बीद्वारा स्वास्थ्य शिविर

ललितपुर - फ्रेण्डस् सेभिङ्ग एण्डक्रेडिट को–अपरेटिभ लिमिटेड र बी एण्ड बी अस्पतालको सहकार्यमा ललितपुर ठेचोको श्री सरस्वती उच्चमा. विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीब ४ सय जना स्थानीयहरुको स्वास्थ्य परीक्षण गरेका छन् ।

बी एण्ड बी हस्पिटलका मिनु सिंह र फ्रेण्डस् सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सल्लाहकार ज्ञानेन्द्र महर्जनको संयोजकत्वम शनिवार आयोजित उक्त शिविरमा स्थानीयहरुलाई हाडजोर्नी तथा नशा, दन्त, स्त्री रोग तथा प्रसुति सेवा, बाल रोग, मुटु रोग, मधुमेह तथा थाइरोइड, सुगर तथा फिजियोथेरापी लगायतको स्वास्थ्य सेवाप्रदान गरिएको थियो ।

सो अवसरमा फ्रेण्डस् सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष नन्दगोपाल महर्जनले अल्ट्रा साउण्ड र एक्सरे सेवा भने बिरामीहरुलाई बी एण्ड बी  अस्पताल मै लगी निःशुल्क प्रदान गरिएकोे जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×