असार १० मा सौगात –सलोनको ‘घनचक्कर’को पालो

काठमाडौँ - सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’ को रिलिज मिति घोषणा गरिएको छ। तीन वर्षअघि नै प्रदर्शनका लागि ठिक्क परेको फिल्म ‘घनचक्कर’ले बल्ल प्रदर्शनको पालो भेट्टाएको हो।निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएको छ।

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन्। हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी रहेको छ।

फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाइ सहनिर्माताको रुपमा रहेका छन्। फिल्ममा सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर,दामोदर पौडेल लगायतको अभिनय रहेको छ। 

सुसन प्रजापति खिचेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×