तिहारका लागि साढे २४ लाख फूलमाला खपत: प्रतिबन्ध लगाए पनि भारतबाट आयात रोकिएन

काठमाडौँ - यो तिहारमा साढे २४ लाख माला खपत भएको छ। देशभित्र उत्पादन भएको १७ लाख सयपत्री माला तथा मखमली, गोदावरी र भारतबाट आयात भएको सयपत्री गरी साढे २४ लाख माला खपत भएको र झण्डै १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

भोलि मुख्य दिन भाइटीकासम्म नै कारोबार हुने भएकाले फूलको खपत र कारोबारको वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए। तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ। तर, व्यवसायीले बढी नाफा कमाउन भारतबाट आयात गर्ने गरेका छन्।

सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन। काठमाडौँ तथा मुख्य बजारमा भारतबाट आयातित सयपत्री फूल किनबेच र कारोबार भैरहेको छ।

यस वर्षको तिहारका लागि सयपत्री माला अनुमान भन्दा धेरै आयात भएको छ। यसअघि ३ लाख सयपत्री माला आयात हुने अनुमान गरिएकोमा तिहारका ५ दिनमा साढे ४ लाख माला आयात भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले बताएका छन्। भारतबाट फूल ल्याउन प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×