जनप्रतिनिधिले जनतामा सही सूचना प्रवाह गर्नुपर्ने राष्ट्रियसभाध्यक्ष तिमिल्सिनाको भनाइ

काठमाडौँ - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन्।

सङ्घीय संसद्को संयोजन, विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम, सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रियामा उनले जनतालाई सही सूचना दिनेबारे जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका हुन्।

अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले त्यसबारे जानकारी राख्नुपर्ने बताउँदै आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिडविरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरे। आफ्ना मतदाता र जनतालाई कोभिड–१९ जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिकाबारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको उनले बताए।

अध्यक्ष तिमिल्सिनाले पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउनसमेत सबैमा आग्रह गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×