प्रदेश नं १ मा ११ जनामा कोरोना सङ्क्रमण

विराटनगर। प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ। प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार २३० जनाको पिसिआर परीक्षण गर्दा झापामा पाँच, मोरङमा चार र इलाममा दुई जनामा सङ्क्रमण देखिएको छ।

मन्त्रालयका अनुसार झापाको दमक र बाह्रदशीमा दुई-दुई र शिवसताक्षीमा एक, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा एक-एक, इलामको चुलाचुली र माईजोगमाईमा एक-एकजनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आज आठ महिलासहित १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९१ रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×