फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडौँ - फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ। भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन। भूकम्पले हल्लाउने बित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×