भारत। भारतको सिक्किम सरकारले आउँदो डिसेम्बरको १० देखि १४ तारिख (मंसिर २४ देखि २८ गते) सम्म ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ को आयोजना गर्दैछ। कार्यक्रम राजधानी गान्तोकमा आयोजना हुनेछ। कार्यक्रममा बलिउड तथा नेपालका कलाकारहरुको उल्लेखनिय उपस्थिति रहनेछ। आइतबार बोर्डले सामाजिक सञ्जालमा कार्यक्रमको रक पोस्टर शेयर गरेको छ। उक्त पोस्टरमा मलाइका अरोरा,अरिजीत दत्ता,जय पुरन सिंह, प्रियदर्शन, अभिनव कश्यप, अनन्त महादेवन,भुवन केसी, अनमोल केसी, दयाहाङ राई, नम्रता श्रेष्ठ, अदिति बुढाथोकी, विनय श्रेष्ठ, शिवानी गुप्ता आदि मनोरंजनकर्मीलाई देख्न सकिन्छ। फेस्टिभलमा ‘साइनो, जार, कथा’ लगायतका नेपाली चलचित्र ‘ज्वेल थिफ’, ‘यारियाँ’, ‘करिब करिब सिंगल’ लगायतका बलिउड चलचित्र र प्रियंका चोपडाले बनाएको नेपाली चलचित्र ‘पाहुना’ प्रदर्शन गरिनेछ।