झापा – झापा निर्वाचन क्षेत्र नं. २का स्वतन्त्र उम्मेदवार स्वागत नेपालमाथि सत्ता गठवन्धनका उम्मेदवार हरि रानाका कार्यकर्ताहरुद्वारा हातपात गरिएको छ। उक्त घटनालाई प्रहरीले साम्य बनाएको छ।
सोमबार साँझ सि के चिन्तन अध्यन प्रतिष्ठानमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उक्त घटना घटेको हो। उक्त कार्यक्रममा नेपाललाई सोधिएको प्रश्नको जवाफ दिनबाट रानाका कार्यकर्ताले रोकेका थिए। यति मात्र नभइ स्वयं रानाले नेपाल बोल्दा बोल्दै जवाफदिन आवस्यक छैन भन्दै माइक खोसेपछि तनावको अवस्था सृजना भएको थियो।
कार्यक्रममा सहभागी भएका नाम खुलाउन नचाहेका एक व्यक्तिका अनुसार नेपालले जवाफ दिने क्रममा वीचैमा राेकेर सत्ता गठबन्धनका उम्मेदवार हरि राना जवाफ दिन आवश्यक नरहेकाे भन्दै नेपालले बाेलिरहेकाे माइक खाेस्न राेष्ट्रमसम्म पुगेपछि विवाद सृजना भएको थियो। नेपालका प्रचार समिति सदस्य तुलसी उप्रेतिले उक्त घटनाको सम्पूर्ण भिडियो आफुसँग सुरक्षित रहेको जानकारी दिएका छन्।
स्थानिय युवाले आयोजना गरेको उक्त अन्तरकृया कार्यममा गठबन्धनका पक्षधर रानासँग आएका युवाले कार्यक्रम हलको ढोकाको चुक्कुल लगाएर स्वागत नेपाललाइ बाहिरिन नदिइ नियन्त्रणमा लिएको आरोप समेत नेपालले लगाएका छन्।
रानाका कार्यकर्ताले नेपाललाई स्वागत नेपालकाे नाम भद्रप्रसाद नेपाल हुँदाहुँदै किन स्वागत नेपाल भनेर झुक्याएकाे भन्ने प्रश्न गर्दा उनले प्रचण्ड, के पी, वि पि सबै नागरिकता नभएको र आ फ्नाे पनि सबै पुस्तकहरु उपनामबाटै छापिएकाेले ती पुस्तक पढेर जानकारी लिन जवाफ दिएका थिए ।
साे पश्चात् गरिएको अर्काे प्रश्नको जवाफ दिन शुरु गर्दा हरि राना स्वयम्ले अब जवाफ दिन आवश्यक छैन भन्दै नेपालकाे हातबाट माइक खाेस्न राेष्ट्रममै पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।