काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध शुरु भएयता गाजापट्टीमा करिब ५५ प्रतिशत संरचना क्षतिग्रस्त भएका छन् । राष्ट्रसंघीय स्याटेलाइट विश्लेषण एजेन्सी यूएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित भएको विश्लेषणबाट पत्ता लागेको बताएको छ ।
यो अनुमान मे ३ मा लिइएको स्याटेलाइट तस्विरमा आधारित छ । यसको तुलना गत वर्षको मे, सेप्टेम्बर र हमासले इजराइलमाथि आक्रमण गरेको अक्टोबर ७ भन्दा ठिक एक सातापछि अक्टोबर १५ मा लिइएको तस्विरसँग गरिएको छ । हमासले गरेको आक्रमणपछि युद्ध शुरु भएको थियो ।