काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-४ स्थित तीन तले घरको छतमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाही छन् ।
घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ। उनीहरुलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त महाराजगन्जले थप अनुसन्धान गरिरहेको छ।