झापामा लागुऔषधसहित ३ जना प्रहरी नियन्त्रणमा

झापा - झापाको बिर्तामोड–५ पाथिभरा टोलबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा इलाम माई नगरपालिका  २ बस्ने वर्ष २२ का केबिन्द्र गोले,  सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र  पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने वर्ष ३२ का सन्त लिम्बु रहेका छन्। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×