श्रमदानबाट खानेपानी ल्याएपछि धरानमा उल्लास

सुनसरी - खानेपानीको अभाव भोगिरहेको धरान उपमहानगरपालिकामा श्रमदानमार्फत समस्या समाधानको प्रयास भइरहेको छ। धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै सानो प्रयास सफल भएको प्रतिक्रिया दिएका छन्। 

श्रमदानमार्फत धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन्। भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ। 

३ महिनाको श्रमदानमार्फत ल्याइएको पानी व्यवस्थित रुपले वितरण गर्ने प्रयास भइरहेको मेयर साम्पाङले बताए। सर्दुको पानी जोड्न बाँकी रहेकोले पानीको फोहोरा अझै बढ्ने उनको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×