काठमाडौँ - बेनिमा ‘बाँझो खेतमा छड्के सलाम’ बोलको गीत छायांकन गर्दै राजेश महर्जनको निर्माण रहेको फिल्म ‘स्टुडेन्ट’ को छायांकन सुरु भएको छ।
‘माईली’ फिल्मको ‘बाँझो खेतमा छड्के सलाम’ चर्चित गीत रिमेक गरेर फिल्ममा आवद्ध गरिएको छ। शम्भुजित बास्कोटाकै संगीत, प्रेम राजा महत र कोमल वलीकै स्वर गीतमा छ। गीतमा कोरियोग्राफी कमल राईले गरेका छन्। लामो समयदेखि नेपाली फिल्ममा प्राविधिकको रुपमा कार्यरत र हाल सेन्सर बोर्ड सदस्य समेत रहेका राजेश महर्जनको यो डेब्यु फिल्म हो। फिल्मका निर्देशक राम कृष्ण बजगाईं हुन्।
राज सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्ममा रसु महर्जन, सिम्रन शाक्य, धिरेन शाक्य लगायतको मुख्य भुमिका रहनेछ। विद्यार्थी जीवनमा घटेका विभिन्न घटना र विद्यार्थीहरुको कुलतका बिषयमा फिल्मको कथा समेटिएको निर्माण पक्षले जानकारी दिएका छन्।