अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

काठमाडौं - साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । अघिल्लो दिन ११ दशमलव ६० अंकले घटेको नेप्से आज आठ दशमलव २४ अंकले घटेर दुई हजार २१ दशमलव ९२ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले घटेर तीन सय ६१ दशमलव १८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ३३ वटा कम्पनीहरुको ५० हजार दुई सय ८१ पटकको कारोबारमा ८९ लाख एक हजार एक सय ९५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार आठ सय २४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव शुन्य नौं अंकले बढेर एक हजार ७४ दशमलव ५३ अंकमा चढेकोमा सामुहिक लगनाी कोष र अन्य समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य एक र १५ दशमलव १० अंकले बढेका छन् । विकास बैंक समुहको सुचक भने १७ दशमलव ६२ अंकले घटेर चार हजार ४९ दशमलव ९९ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि ५५ दशमलव ४५ अंकले घटेर २४ सय २३ दशमलव २७ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ८५ अंकले घटेर २५ सय ८३ दशमलव ३१ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ९९ दशमलव शुन्य एक अंकले घटेर नौं हजार आठ सय १८ दशमलव ३१ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ७० अंकले घटेर १० हजार चार सय २१ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा त्रिशुली जलबिद्युत कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा नेपाल फाईनान्स नैं पहिलो स्थानमा परेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×