काठमाडौँ। भारतीय गायन रियालिटी शो 'इन्डीयन आइडल'बाट चर्चा कमाएका गायक पवनदीप राजन नेपाल आउने भएका छन्। उनले सन् २०२१मा 'इन्डीयन आइडल १२'को उपाधी जितेका थिए। उनी आफ्नो प्रस्तुती दिन राजधानीको ठमेलस्थित 'एलओडी' क्लबमा आउन लागेका हुन्। उनले क्लबमा आगामी माघ १ गते (शनिबार) आफ्नो प्रस्तुती दिने छन्।