दयाहाङ राई निर्देशित ‘कुभिण्डोको कथा’ मञ्चनसँगै सकियो नाट्य महोत्सव

काठमाडौँ - दयाहाङ राई निर्देशित नाटक ‘कुभिण्डोको कथा’ मञ्चनसँगै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ। मंसिर ९ गतेदेखि सुरु भएको शनिबार सकिएको हो।

समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा लगायतको उपस्थिति थियो। उक्त अवसरमा बोल्दै मन्त्री शर्माले समाजमा भएका घटना र कथालाई प्रस्तुत गर्ने सन्दर्भमा नाटक महत्वपूर्ण विधा रहेको बताएका छन्। यो क्षेत्रमा सरकारको ध्यान नपुगेको र सरकारले आगामी दिनमा कमजोरी सच्याउने प्रतिबद्धता जनाएका छन्।

‘यति महत्वपूर्ण क्षेत्रमा सरकारको ध्यान पुगेको छैन। तपाईंहरुले अपेक्षा गर्नुभएको आवश्यक सहयोग पूरा गर्नेतर्फ सरकारको प्रतिबद्धता रहन्छ,’ मन्त्री शर्माले भने।

महोत्सव संयोजक सिर्जना सुब्बाले कोरोना महामारीपछि सुस्ताएको रंगमञ्चलाई लयमा ल्याउन महोत्सवले भूमिका खेल्ने बताएकी छिन्। नाटकको अन्तिम दिन शनिबार ‘रंगमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल छलफल भएको थियो।

समापनको दिन दयाहाङ राई निर्देशित ‘कुभिण्डोको कथा’ मञ्चन भएको थियो। महोत्सवमा १२ देशका १८ नाटक मञ्चन भएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×