सुनको गहना चोरेको आरोपमा इटहरीबाट ३ जना पक्राउ

सुनसरी - सुनको गहना चोरेको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमक घर भएका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन्।

उनीहरुमाथि जेठ २ मा इटहरी उपमहानगरपलिका–८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरेको आरोप छ। अरुण रानामगरले गहना चोरेर वृखमान राईलाई बिक्री गरेको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर भीमबहादुर खड्काले बताए।

इन्स्पेक्टर खड्काका अनुसार बृखमानले सो गहना भुपेन्द्र विकलाई बेचेको स्वीकार गरेका छन्। आरोपीहरुमाथि चोरी मुद्दामा म्याद लिएर इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×